Headlines News :
Home » » अमेरिकामा अर्को बिस्फोट, ७० को मृत्यु भएको आशंका

अमेरिकामा अर्को बिस्फोट, ७० को मृत्यु भएको आशंका

On Thursday, April 18, 2013 | 9:44 AM


काठमाडौ, वैशाख ५ - बोस्टन हमलामा तीन जना मारिएको तीन दिनपछि अमेरिकामा अर्का बिस्फोट भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित एक फर्टिलाइजर प्लान्टमा भएको बिस्फोटमा परी झन्डै ७० जनामो मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै एपी र रोयटर्सले जनाएअनुसार बिस्फोटमा कम्तिमा ६० देखि ७० जनाको मृत्यु भएको छ । यद्यपि मृत्युको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । बिस्फोट टेक्सास राज्यको वाको नजिकैको शहरमा भएको हो । बिस्फोटमा परी सय बढी घाइते भएको स्थानीय अस्पताललाई उद्दृत गर्दै समाचारमा जनाइएको छ ।

अझैं केही व्यक्तिहरु भत्किएको घरमा चेपिएको अवस्थामा रहेको समाचारमा उल्लेखछ । बिस्फोटबाट उक्त शहरको दजनौं घरहरु भत्किएका छन् । वाको बहरबाट २० माइल उत्तरमा पर्ने उक्त सानो सहरमा करिब तीन हजार मानिस रहेको अनुमान गरिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat