Headlines News :
Home » » अन्तर्राष्ट्रिय बुद्धिचालमा भाग लिन खेलाडी भारत प्रस्थान

अन्तर्राष्ट्रिय बुद्धिचालमा भाग लिन खेलाडी भारत प्रस्थान

On Thursday, April 18, 2013 | 9:53 AM


काठमाडौं वैशाख ५ - भारतको आसाम, गुवाहटीमा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने पाँचौ जुगल किशोर मेमोरियल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा सहभागिता जनाउन नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा २४ सदस्यीय बुद्धिचाल खेलाडी आज त्यसतर्फ प्रस्थान गरेका छन्।

खेलाडीहरुमा नेपाल च्याम्पियन मनीष हमाल, पूर्व नेपाल च्याम्पियनहरु नविन तन्डुकार, विलमलाल श्रेष्ठ र केशव श्रेष्ठ रहेका छन्।

त्यसैगरी अन्य खेलाडीहरुमा मदन कृष्ण कायस्थ, राजेन्द्रप्रसाद श्रेष्ठ, निरज निरौला, प्रकाश नेपाल, राजेन्द्र बज्राचार्य, विश्व विजय घिमिरे, देवांशु घिमिरे, पुरुषोत्तम चौलागाईं, पदम रुप्चा, उत्तम राई, विपित अमात्य, उमेश केसी, प्रचण्ड मालाकार रहेका छन्।

निर्णायकको भूमिका निर्वाह गर्न नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्विटर (रेफ्री) ज्ञानेन्द्र खाइजु पनि त्यसतर्फ प्रस्थान गर्नुभएको नेपाल बुद्धिचाल सङ्घका सचिव हेराकाजी महर्जनले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत, बङ्लादेश र श्रीलङ्काका गरी ४०० जना खेलाडीहरु सहभागिता रहने छ।

प्रतियोगिताको बिजेताले रु एक लाख ६० हजार पुरस्कार पाउने छ।

खेलाडीहरुलाई एक समारोहबीच नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरी जोशीले सफलताको शुभाकामना दिँदै बिदाई गरे ।

प्रतियोगिताको कूल नगद पुरस्कार रु सात लाख ५० हजार रहेको छ। रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat