Headlines News :
Home » » संसारका एक सय प्रभावशाली ब्यक्तीमा परे अमिर खान

संसारका एक सय प्रभावशाली ब्यक्तीमा परे अमिर खान

On Thursday, April 18, 2013 | 10:37 AM


न्युयोर्क बैसाख ५ -  बलिउड अभिनेता अमिर खान संसारका एक सय प्रभावशाली ब्यक्ती भित्र पर्न सफल भएका छन् ।

टाइम पत्रिकाले छनौट गरेको संसारका एक सय प्रभावशाली ब्यक्ती मध्येको सुचिमा बलिउड अभिनेता अमिर खान पर्न सफल भएका हुन् । अमिर संसारका एक सय प्रभावशाली ब्यक्तीको सुचिमा पर्नुको कारण बलिउड अभिनेता मात्र नभएर केहि समय अगाडि उनले गरेको टेलिभिजन कार्यक्रम सत्यमेव जयतेलाई मानिएको छ । स्टार प्लस च्यानलमा प्रशारण भएको सत्यमेव जयते कार्यक्रम मार्फत अमिरले भारतका बिभिन्न महत्वपुर्ण समस्याहरु उठाएका थिए । अमिरका साथै भारतबाट वकील बृंदा ग्रोवरको नाम पनि एक सय जनाको सुचिमा परेको बिबिसी हिन्दीले जनाएको छ ।

ग्रोवरले दिल्लीमा भएको सामुहिक बलात्कार घटनाको बिरोधको नेतृत्व गरेका थिए । टाइम पत्रिकाले छानेको संसारका एक सय जना प्रभावशाली ब्यक्तीको सुचिमा अमेरिकी राष्ट्रपती बाराक ओबामा , चिनका राष्ट्रपती सि जिङ्गंपिङ, अमेरिकाका उपराष्ट्रपती जो वाइडेन, उत्तर कोरियाका नेता किम जोंग उन, ंन्युजर्सीका गर्भनर क्रिस क्रिस्टीन लगाएत परेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat