Headlines News :
Home » » सिभिल मलमा लागेको आगो नियन्त्रणमा

सिभिल मलमा लागेको आगो नियन्त्रणमा

On Thursday, April 18, 2013 | 9:42 AM


काठमाडौँ, वैशाख ५ -  काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आज साँझ लागेको आगो नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार आगलागीबाट कसैलाई चोटपटक लागेको छैन। तल्लो तल्लामा रहेको पार्किङमा आगो लागेको थियो। दमकलले आगो नियन्त्रणमा लिनुअघि छैटौँ तल्लामा रहेको सिनेमा हलमा रहेका दर्शकसमेतलाई सुरक्षित रहन बाहिर निकालिएको थियो।
पार्क गरिराखेको बा ८ च ६२७ नम्बरको टाटा सुमो गाडीको इन्जिनबाट आगो एक्कासी सल्केको प्रहरीले बताएको छ। गाडी सुन्धारामै रहेको सन्नी गेस्ट हाउसका सञ्चालक नरहरि खरेलको रहेको डिएसपी चन्द्रबहादुर खापुङले बताए।
आगोबाट गाडीको इन्जिनमा क्षति पुगेको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat