Headlines News :
Home » » अभ्यास खेलमा नेपाल विजयी

अभ्यास खेलमा नेपाल विजयी

On Thursday, April 18, 2013 | 10:16 AM

बैशाख ५ - विश्व क्रिकेट लिग डिभिजन थ्रीको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले तेस्रो अभ्यास खेलमा पनि जीत हात पारेको छ । भारत भ्रमणमा रहेको नेपाली टोलीले आज जयपुरको स्टार एकेडेमी–११ लाई तीन विकेटले पराजित गरेको हो । यसअघिका दुवै खेलमा विजयी नेपालले आज १ सय ९५ रनको लक्ष्य पाएको थियो । नेपाललाई जीत दिलाउने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ८० र विनोद भण्डारीले ३२ रनको योगदान गरे ।

 
यसअघि, पहिले ब्याटिङ गरेको स्टार ४४ ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो । स्टारलाई सस्तैमा समेट्न राहुल विकले सर्वाधिक ५ विकेट लिए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat