Headlines News :
Home » » प्रधानन्यायाधीश रेग्मीको असन्तुष्टी निरुपण गर्ने दलहरुको तयारी/समिति बनाइने

प्रधानन्यायाधीश रेग्मीको असन्तुष्टी निरुपण गर्ने दलहरुको तयारी/समिति बनाइने

On Thursday, February 21, 2013 | 2:27 AM


फागुन १०, काठमाडौं 
अन्तरिम चुनावी मन्त्रीपरिषद् गठनका प्रावधानलाई लिएर प्रधानन्यायाधीश खिलराज रेग्मीले असन्तुष्टी जनाएपछि सहमतिको प्रस्तावलाई संवैधानिक रुप दिन दलहरुले आजबाट पहल शुरु गर्ने भएका छन् । सहमतिको प्रस्तावको भाषालाई संवैधानिक र कानूनी रुप दिन संविधान र कानूनविद् संलग्न समिति बनाउने दलहरुको तयारी छ । समितिमा रहने नाम प्रमुख दलले आज साँझसम्म दिएपछि प्रक्रिया शुरु हुने बताइएको छ । प्रमुख दलहरुले चुनावी सरकारको नेतृत्व गर्न आग्रह गरेपनि प्रधानन्यायाधीश रेग्मीले प्रस्तावमा उल्लेखित भाषा र सर्त लगायतमा चासो जनाउंदै केही बिषयमा स्पष्ट हुन चाहेको स्रोतको भनाइ छ ।
 
आफूले राखेको चासो सम्वोधन नभएसम्म र दलहरुभित्र देखिएको विवाद नमिलेसम्म प्रधानन्यायाधीश चुनावी सरकारको नेतृत्व नस्वीकार्ने पक्षमा हुनुहुन्छ । त्यस्तै, प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्तावको विरोधमा परेको रिटको सुनुवाइ नभई अघि बढ्न नसक्ने संकेत समेत उहाँले नेताहरुलाई दिनुभएको छ । रिटको सुनुवाई भोलि शुक्रवारका लागि तोकिएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat