काठमाडौ, फागुन १०
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, मातृभाषाको संरक्षणमा जोड दिँदै बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सन् १९५२ मा बंगलादेशमा मातृभाषा बोल्न पाउनुपर्ने माग गर्ने विद्यार्थीको हत्या भएको दिनको सम्झनामा हरेक वर्षको फेब्रुअरी २१ तारिखमा मातृभाषा दिवस मनाईन्छ ।
नेपालमा एकसय भन्दा बढी भाषा रहेकामा अहिले धेरै भाषाहरु लोपोन्मुख अवस्थामा पुगेको भन्दै भाषाविद्हरुले चिन्ता व्यक्त गरेका छन् । मातृभाषाको संरक्षण र विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा भाषाविदहरुले जोड दिएका छन् । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबारदेखि राष्ट्रिय मातृभाषा कविता महोत्सव शुरु भएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !