Headlines News :
Home » » सन्तान नभएपछि आत्महत्या

सन्तान नभएपछि आत्महत्या

On Thursday, February 21, 2013 | 4:43 AM


महोत्तरी, फागुन १० - विवाह गरेको १० बर्ष वितिसक्दा समेत सन्तान नभएपछि चिन्तित बनेकी महोत्तरी सोनलकी एक महिलाले विहीवार विष खाएर  आत्महत्या गरेकी छिन् ।

सोनल ४ का इन्द्रजित मण्डलकी २७ बर्षिया श्रीमती लिलमदेवी मण्डलले विष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीकै धमौरा माइती भएकी लिलमको १० बर्षअघि इन्द्रजितसँग विवाह भएको थियो । विवाह गरेको १० बर्ष वित्दा समेत बच्चा नपाएको भन्दै परिवारका सदस्यहरुले उहाँलाई हेला गर्दै आएका छिमेकीहरुले बताएका छन् ।

लिलमका श्रीमान इन्द्रजितले साइकल मर्मतको काम गर्दै आउनु भएको छ । स्थानीयबासिन्दाका अनुसार केही समयदेखि श्रीमानले बच्चा नपाए अर्को विवाह गर्ने भनेर दवाव दिन थालेपछि लिलम थप चिन्तित हुनुहुन्थ्यो । लिलमको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat