काठमाडौं फागुन १०,
हृदयाघातपछि बैंककमा अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्थामा अझै सुधार हुन नसकेको चिकित्सकहरुले बताएका छन् । अस्ति मंगलवार राति हृदयाघात भएपछि अस्पताल भर्ना भएका पारसको अझै होस नआएको जनाएका छन् । चिकित्सकका अनुसार, पारसलाई हृदयाघात भएको यो दोस्रो पटक हो । ५ बर्ष अघि हृदयाघात भएपछि नियमित औषधि सेवन गर्न दिइएको सुझाव नमानेपछि समस्या बल्झिएको चिकित्सकले बताएका छन् । हिजो थाइल्याण्ड पुगेका उनका दिदिबहिनी र बैंककका केही व्यवसायी उनलाई भेट्न अहिले केहीबेरमा अस्पताल पुग्दैछन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !