Headlines News :
Home » » एसएलसी परीक्षामा झण्डै साढे ५ लाख परीक्षार्थी सहभागी हुने

एसएलसी परीक्षामा झण्डै साढे ५ लाख परीक्षार्थी सहभागी हुने

On Thursday, February 21, 2013 | 2:21 AM


काठमाडौं, फागुन ९ 
 
यस वर्षको प्रवेशिका परीक्षा एसएलसीमा कुल ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी आगामी चैत १ गतेबाट संचालन हुने परिक्षामा नियमिततर्फ ४ लाख ३० हजार ९७ र आंशिकतर्फ १ लाख १७ हजार ६८ परीक्षार्थी सहभागी हुने जनाएको हो।
 
परीक्षा नियन्त्रक खगराज बरालले जिल्लाबाट अयोग्य ठहरिएका विद्यार्थीको सुचि प्राप्त भएपछि संख्या घट्न सक्ने बताउनुभयो । उहाँका अनुसार परीक्षा संचालनकालागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र तोक्नुकासाथै १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ ।  
 
परीक्षा समन्वय समितिले सबै जिल्लामा परीक्षा केन्द्र निर्धारण गरिसकेको उल्लेख गर्दै परीक्षा नियन्त्रक बरालले जिल्ला प्रहरी कार्यालयहरुमा प्रश्नपत्र पुगिसकेको जानकारी दिनुभयो । परीक्षाको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृति विना प्रवेश गरेमा र परीक्षा केन्द्रमा अमर्यादित कार्य गरेमा कसुरको मात्रा हेरि १ लाख रुपैयाँ सम्म जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यबस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat