Headlines News :
Home » » पोखरामा आजदेखि चौथो क्यान इन्फोटेक मेला

पोखरामा आजदेखि चौथो क्यान इन्फोटेक मेला

On Thursday, February 21, 2013 | 2:15 AM


पोखरा, फागुन १०
पोखरामा आजदेखि चौथो क्यान इन्फोटेक मेला शुरु हुदैछ । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान कास्कीको आयोजनामा फागुन १३ गतेसम्म चल्ने मेलामा सूचना प्रविधिसँग सम्बन्धित् ८० वटा स्टल  रहनेछन् ।

विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको क्यान कास्कीका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा सभागृहमा चल्ने मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा अन्र्तराष्ट्रिय ब्राण्डका ल्यापटप, डेस्कटप एसेम्वल्ड तथा ब्राण्डेड कम्युटर, वाईफाई राउटर, मल्टिमिडिया प्रोजेक्टर, युपिएस, इन्भर्टर लगायतको प्रदर्शनी र विक्री गरिनेछ ।

यस्तै, दृष्टिविहीनहरुका लागि कम्युटर शिक्षा, विद्यार्थीहरुद्वारा निर्मित रोबोट प्रदर्शनी र कम्प्युटरबाट माइण्ड टेष्टको व्यवस्था समेत गरिनेछ । मेलामा सूचना प्रबिधि संबन्धि सेमिनार पनि गरिनेछ भने पोखराका विभिन्न ठाउँमा फ्रि वाईफाई जोन घोषणाका लागि पनि छलफल हुनेछ ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि ३०, विद्यार्थीका लागि २० र अनलाईन टिकट बुकिङ गर्नेहरुका लागि १५ रुपैयाँको शुल्क तोकिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat