Headlines News :
Home » » ‘मानपदवी’ तक्मा बनाउँदा १० करोड खर्च

‘मानपदवी’ तक्मा बनाउँदा १० करोड खर्च

On Thursday, February 21, 2013 | 2:17 AM

काठमाण्डौं फागुन १०,
सरकारले राष्ट्रिय योगदान पुर्‍याएका व्यक्तिलाई दिने तीन प्रकारका विभूषणमध्ये ‘मानपदवी’ को तक्मा बनाउन मात्रै १० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । हरेक बर्ष दिँदै आएको तीनमध्ये ‘अलंकार’ र ‘पदक’को तक्मा भने अझै बनाइएको छैन ।
विभूषण ऐन, २०६४ मा प्रत्येक बर्ष गणतन्त्र दिवस १५ जेठ मा ‘मानपदवी’, ‘अलंकार’ र पदक गरी तीन प्रकारका विभूषणको घोषणा गरिने व्यवस्था गरिएको राजधानी दैनिकमा खबर छ ।
ऐनअनुसार सरकारले पाँच पटक विभूषण घोषणा गर्नुपर्ने थियो, तर २०६७ र २०६९ सालमा मात्रै विभूषणा पाउने व्यक्तिको नाम र घोषणा गरिएको छ । जसमा मानपदवीको मात्रै तक्मा विवरण भएको छ ।
सरकारले विभूषण पाउने व्यक्तिहरुको नाम घोषणा गरेपछि राष्ट्रपतिबाट वितरण गरिन्छ । सरकारी तथ्यांक अनुसार २०६७ सालको ‘मानपदवी’ बनाउँदा ४ करोड र यस बर्षको ‘मानपदवी’ बनाउँदा ६ करोड ३४ लाख रुपैयाँ गरी कुल १० करोड ३४ लाख रुपैयाँ रकम निकासा गरिएको थियो । यो बर्ष ६ करोड ३४ लाख रुपैयाँ निकासा भएपनि अन्तिम हिसाब आउँन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat