Headlines News :
Home » » आजदेखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

आजदेखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

On Thursday, February 21, 2013 | 2:35 AM


काठमाडौ, फागुन १०
काठमाडौमा बिहीबारदेखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुँदैछ ।
नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा हुने चलचित्र महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश लगायत देशका २६ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।

मानवअधिकारको रक्षा र संरक्षणको प्रवद्र्धनका लागि चलचित्र महोत्सवको आयोजना गरिएको आयोजक समितिका सदस्य विष्णु खत्रीले जानकारी दिनुभयो । महोत्सवको बिहीबार बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहीबार पहिलो दिन ओस्कार अवार्ड पाएको पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ । ४ दिनसम्म चल्ने महोत्सवमा दर्शकले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म चलचित्र अवलोकन गर्न सक्नेछन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat