काठमाडौँ बैसाख, ३
इरानमा ७ दशमलव ८ रिक्टर स्केलको भूइँचालो जाँदा कम्तिमा पनि ४० जनाको ज्यान गएको छ ।
पाकिस्तानी सिमा नजिकैको इरानको खास शहरबाट ८६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूइँचालो परि ज्यान गुमाउने ४० जनाको शव भेटिएको इरानी टेलिभिजनले जनाएको छ ।
यस्तै पाकिस्तानी सरकारी रेडियोका अनुसार भुइँचालोबाट पाकिस्तानमा १२ जनाको ज्यान गएको छ । पाकिस्तानमा झण्डै १ हजार घर भत्किएका छन् ।
भुइँचालोको झड्का मध्यपूर्वको अधिकाँश भूभागका साथै भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।
यो इरानमो गएको पछिल्लो ४० वर्षयताकै शक्तिशाली भुइँचालो हो ।
एकहप्ता अघि मात्र इरानमै गएको ६ दशमलव ३ रिक्टर स्केलको भुईंचालोमा परि ३७ जनाको ज्यान गएको थियो भने ८ सय ५० घाइते भएका थिए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !