काठमाडौ, फागुन १०
नेपाल क्रिकेट संघ क्यानले चैत १३ गतेदेखि काठमाडौमा हुने एसिसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी तिब्र पारेको छ ।
अहिले फिल्डमा पीचको काम र पर्खाल मर्मतको काम भैरहेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । अबको दश दिन भित्रमा लगभग सबै तयारी पूरा हुने प्याकुरेलको भनाई छ ।
विभिन्न दश देश सहभागी हुने प्रतियोगिता कीर्तिपुर मैदान र इन्जिनियरिङ कलेजको मैदान पुल्चोकमा सञ्चालन गरिनेछ । यसपटक क्रिकेट हेर्नका लागि पहिलो पटक टिकटको ब्यवस्था पनि गरिएको छ ।
दर्शकबाट उठाएको रकमबाट मैदान व्यवस्थापन गर्ने क्यानको तयारी छ । कीर्तिपुर मैदान अहिले आकर्षक बनाइएको छ । प्रतियोगितामा नेपाल सहित अफगानस्तान, यूएई, मलेशिया, हङकङ, ओमन, कुवेत, माल्दिभ्स, सिंगापुर र बहराइन सहभागी हुनेछन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !