Headlines News :
Home » » बन्दले दाङ बाहेक मुलुकभरको जनजीवन दिनभर प्रभावित

बन्दले दाङ बाहेक मुलुकभरको जनजीवन दिनभर प्रभावित

On Tuesday, February 19, 2013 | 2:23 AM


काठमाडौँ फागुन ८  
नेकपा माओवादीले गरेको बन्दका कारण दाङ बाहेक मुलुकभरको जनजीवन आज दिनभर प्रभावित बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिको विरोधमा गरिएको बन्दका कारण आज सार्वजनिक तथा नीजि सवारी साधनहरु चल्न सकेनन् भने बजार पसल तथा शैक्षिक संस्था ठप्प भए । मध्यपश्चिम औद्योगिक मेला जारी रहेकाले दाङमा भने बन्द आव्हान नगरिएकाले स्थानीय स्तरमा छोटा दुरीका सवारी साधन निर्वाध संचालन भए ।
 
नेकपा माओवादी कार्यकर्ताले राजधानीको नयाँबानेश्वरमा कान्तिपुर टेलिभिजन र बिजुलीबजारमा सगरमाथा टेलिभिजनको गाडी तोडफोड गरेका छन् । बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रको सवारी साधनमाथि पनि तोडफोड भएको छ । यस्तै, बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीले चावहिल, नयाँबजार, जोरपाटी, बनस्थली र ललितपुरको कुपण्डोलमा थप ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । २ वटा ट्याक्सी र ४ वटा निजि सवारी साधनमा तोडफोड भएको हो । 
 
राजधानी बाहिरका जिल्लामा पनि दर्जन बढी सवारी साधनमा तोडफोड भएको छ । पोखराको लेकसाईडमा पर्यटक सवार गाडीमा तोडफोड गरिनुको साथै चालक माथि हातपात भएको छ । काभ्रेको धुलिखेलमा अस्पतालको बस, धनकुटामा ३ वटा ट्रकमा तोडफोड भएको छ । त्यस्तै, तनहुँको दुलेगौंडा –३ गाछेपानीमा प्रर्दशनकारीले एउटा मोटरसाईकल जलाएका छन् । पाल्पामा माओवादी कार्यकर्ताले नापी, विद्युत् र निर्वाचन कार्यालयमा तोडफोड गरेका छन् ।
 
उता, धनकुटामा भने माओवादी कार्यकर्ताले ताला लगाएका जिल्ला विकास समिति, वन कार्यालय, जिल्ला शिक्षा कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रहरीको सक्रियतामा खोलिएको थियो । धरानमा आधा दर्जन पसलमा तोडफोड भएको छ ।
 
न्यायपालिका र कार्यपालिकाको नेतृत्व एउटै व्यक्तिले गर्न नहुने भन्दै दलिय सहमति प्रति आपत्ति जनाउदै नेकपा माओवादी सडक आन्दोलनमा उत्रिएको हो । उसले युद्धकालीन मुद्धाको खारेजीको समेत माग गरेको छ । बन्दमा सञ्चार माध्यमका सवारी साधन, एम्बुलेन्स, शव वहान, पानी, पर्यटक, दुध तथा फोहर बोक्ने गाडीलाई निर्वाध सञ्चालन गर्न दिने बताएपनि बिभिन्न स्थानमा तोडफोड भएको प्रतिपार्टी नेतृत्वले दु:ख व्यक्त गरेको छ । बन्दको औपचारिक समापन गर्न शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै सचिव देव गुरुङ्गले सरकारको असंबैधानिक कदम विरुद्ध आन्दोलन जारी राख्ने बताउनुभयो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat