फाल्गुन १०
अभिनेत्री निशा अधिकारी आजकल फिल्मभन्दा समाज सेवातिर लागेकी छिन्। 'यूवा उडान' नामक संस्थाले सुरु गर्न लागेको समाजिक अभियानबाट उनले समाज सेवाको कार्यमा हात हालेकी हुन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सुरु गरेको सामाजिक कार्यबारे जानकारी गराइयो। 'नेपालीहरुको सहयोगमा नेपालीलाई सहयोग' भन्ने नारा सहित सुरु गरिएको अभियानमा उनी सहभागि भएकी छिन्।
'शीतलहरबाट तराईका विभिन्न क्षेत्रमा मानिसको मृत्युको खबर सुनिरहँदा पाँच जना साथीहरुसँग मिलेर लुगा संकलन गरेर वितरण गर्नेक्रममा समाजप्रति मेरोपनि दायित्व छ भन्ने कुरालाई ममन गर्दै व्यक्तिगत प्रयासलाई संस्थागत गरेको हुं',उनले भनिन्। युवाहरुको सहभागि गराउने उद्देश्यले सुरु गरिएको यस संस्थाले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको कुनैपनि संस्थाबाट सहयोग नलिने भएको छ। 'युवाहरुको सोच, शक्ति र साधनबाट स्थापित यस संस्थाले कुनैपनि आइएनजीओसँग निभर हुने छैन्',उनले भनिन्।
यस संस्थाले रौतहटको जोगौलिया, देबीपुरको माझी र मुसहर टोलमा शीतलहर पीडितहरुलाई न्यानो लुगा वितरण गरेको थियो। त्यस्तै सरस्वती पुजाको अवसरमा आर्थिकस्तर न्यून भएका जेहेन्दार विद्यार्थीलाई कापी कलम लगायतका सामाग्री वितरण गर्दैछ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !