Headlines News :
Home » » नेपालमा चाइनिज सिनेमाको छायांकन

नेपालमा चाइनिज सिनेमाको छायांकन

On Thursday, February 21, 2013 | 2:54 AM


केही समय अघि हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ को छायांकन नेपालमा भयो । नायक राजवल्लभ कोइराला मुख्य भुमिकामा रहेको यो सिनेमाको सम्पुर्ण युनिट अहिले अमेरिका फर्किसकेको छ ।
केही दिन अघि मात्र एक हलिउड चलचित्रको छायांकन नेपालमा गरियो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अतिथी भुमिकामा रहेको उक्त सिनेमाले नेपालमा हुने गरेको चेलिबेटी बेचविखनलाई उठान गरेको छ ।
यसरी पछिल्ला दिनमा नेपाल विदेशी सिनेमाको लागि उचित छायांकनस्थल बन्दै गएको छ । हालै मात्र चितवनको सौराहामा ११० जना चाइनिज सिनेमाको टोली आइपुगेको छ । ‘अप इन द विन’ नामक सिनेमाको छायांकनका लागि चाइनिज जम्बो टोली नेपाल आएको हो ।
यो सिनेमाको निर्माण युनिटमा ९० जना नेपाली रहने बताइएको छ । सिनेमाको टेक्निकल डिरेक्टर आकाश अधिकारी छन् । नेपाली भूमिलाई विश्वकै सबैभन्दा सुन्दर स्वर्ग भन्दै चाइनिज सिनेमाको टोली नेपाल आएको हो । टेक्निकल डिरेक्टर आकाश अधिकारीले भने, ‘उनीहरु नेपाललाई स्वर्ग भन्छन्, यसैले सम्पुर्ण छायांकनको सेड्युल बनाएर नेपाल आएका हुन् ।’ सिनेमाको छायांकन मार्च महिनाबाट सुरु हुनेछ ।
नेपालीहरु छायांकन स्थल खोज्दै विदेश पुगिरहेको समयमा विदेशीहरु भने नेपाललाई स्वर्ग भन्दै आइरहेका छन् । यसले नेपाली कलाकार र व्यवसायिहरुलाई फाइदा हुने पक्का छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat